Wednesday, May 21, 2025
Homeमुख्य समाचारयात्रु बचाएर आफ्नो ज्यान दिएका बस चालकलाई राष्ट्रिय सम्मान प्रदान गर्न सिफारिस

यात्रु बचाएर आफ्नो ज्यान दिएका बस चालकलाई राष्ट्रिय सम्मान प्रदान गर्न सिफारिस

काठमाडौँ: चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा खसेको पहिरोमा ज्यान गुमाएका बस चालकलाई राष्ट्रिय सम्मान दिन सिफारिस गरिएको छ ।

सिमताल दुर्घटनाबारे अध्ययन गर्न गठित सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले लु.२ ख ६५६६ नम्बरको बसका चालक मेगनाथ विकलाई ‘मरणोपरान्त सम्मान’ गर्न सिफारिस गरेको हो ।

असार २८ मा बुटवलबाट बस चलाएर काठमाडौँ आउँदै गरेका ३६ वर्षीय विक भरतपुर–२९ स्थित १७ किलोमा माथिबाट आएको डुङ्गाले लागेर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नवलपरासी सुनवल नगरपालिका–४ घर भएका विकले कुशलतापूर्वक सो बस नदीमा खस्नबाट जोगाई ३० जना यात्रुको जीवन बचाउन सफल भएको कार्यदलको निष्कर्ष छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका