Monday, January 20, 2025
Homeकोरोना बिशेषमोरङमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर : मोरङमा पछिल्लो साढे १२ घण्टामा कोरोना भाइरस संक्रमित थप ११ जनाको मृत्यु भएको छ।१० जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो।उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड उपचार युनिट, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई/दुई जना संक्रमितको मृत्यु भएको छ।

नोबेलमा सुनसरीको दुहवी नगरपालिका–३ का २२ वर्षीय युवकको शनिबार बिहान ६:४५ बजेतिर मृत्यु भएको छ।नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालकाअनुसार युवकलाई उपचारका लागि जेठ ७ गते अस्पताल भर्ना गरिएको थियो।
सुनसरीको इटहरी उमपहानगरपालिका–२० की ३९ वर्षीया महिलाको बिहान ६ बजेतिर नोबेलमै मृत्यु भएको छ।उनलाई उपचारका लागि जेठ ११ गते भर्ना गरिएको थियो।
दाहालकाअनुसार सिरहाको धनगढी नगरपालिका–१० का ७० वर्षीय वृद्ध पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको छ।उनलाई वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए।

उनका अनुसार मोरङको सुनवर्षी नगरपालिका–४ का ५८ वर्षीय पुरुषको बिहानका राति १२:३० बजेतिर मृत्यु भएको छ।कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १२ गते अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए।

कोसी अस्पताल कोभिड उपचार युनिटमा विराटनगर महानगरपालिका–६ की ४० वर्षीया महिलाको मृत्यु भएको छ।उपचारका लागि शुक्रबार भर्ना गरिएकी महिलाको शनिबार बिहान ९:१५ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। उनका अनुसार सिरहाको कल्याणपुर–७ का ५९ वर्षीय पुरुषको शुक्रबार राति ८:४० बजेतिर मृत्यु भएको छ।उनलाई उपचारका लागि जेठ १ गते अस्पताल भर्ना गरिएको थियो।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१४ की ५० वर्षीया महिलाको बिहानका राति ३:४५ बजेतिर ज्यान गएको छ।केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार संक्रमित महिलालाई उपचारका लागि जेठ ६ गते ल्याइएको थियो।
सुनसरीको बर्जु गाउँपालिका–२ का ६० वर्षीय पुरुषको पनि बिहान ४:१५ बजेतिर मृत्यु भएको राजवंशीले बताए।उनका अनुसार जेठ ५ गते उपचारका लागि भर्ना गरिएका पुरुषको ज्यान गएको हो।
विराट शिक्षण अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको बिहानका राति २:४५ बजेतिर मृत्यु भएको छ।विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार पुरुषलाई उपचारका लागि जेठ ८ गते भर्ना गरिएको थियो।
उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको उपचारकै क्रममा विराटमा मृत्यु भएको छ।जेठ ७ गते भर्ना गरिएकी महिलाको राति ९ बजेतिर मृत्यु भएको जानकारी देवले दिए।
मोरङको लेटाङ नगरपालिका–३ का ५२ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ।पीसीआर परीक्षण गराउँदा जेठ ९ गते कोरोना पुष्टि भएपछि उनी घरमै आराम गरेर बसिरहेका थिए।एक्कासि स्वास्थ्यमा समस्या देखिएका पुरुषको शुक्रबारराति ९:३० बजेतिर मृत्यु भएको जानकारी नगरपालिकाले दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका