Sunday, July 5, 2026
Homeसामाचारमेलम्ची आयोजनाको थालनी २०४५ सालमै भएको प्रदेश प्रमुख खापुङको खुलासा

मेलम्ची आयोजनाको थालनी २०४५ सालमै भएको प्रदेश प्रमुख खापुङको खुलासा

विराटनगर, असार २:कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मेलम्ची खानेपानी आयोजना वि.सं. २०४५ सालमै सुरु भएको खुलासा गरेका छन्।

मोरङको बुढिगंगा–३, नेमुवामा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थाले आयोजना गरेको १४औं वार्षिक साधारणसभामा बोल्दै खापुङले मेलम्ची आयोजना आफ्नो तत्कालीन आवास तथा योजना मन्त्रालयमा कार्यकालको दौरान सुरु भएको बताएका हुन्।

उनका अनुसार उक्त अवधिमा तत्कालीन इन्जिनियर डी.पी. साहको नेतृत्वमा पटक–पटक सर्भे गरिएको थियो भने वि.सं. २०४८ सालदेखि आयोजनालाई मूर्तरूप दिन ठोस पहलहरू अघि बढाइएका थिए।

सभामा प्रदेश प्रमुख खापुङले संस्थालाई जग्गा दान गर्ने संविधानसभा सदस्य वीरेन्द्रकुमार माझी र उनकी पत्नी रेखादेवी माझीलाई विशेष सम्मानसमेत प्रदान गरे।

कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा, मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका प्रमुख सुरतलाल चौधरी र नगर विकास कोषका सुभासराज पन्तलगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका