मुस्ताङ — हिमाली जिल्ला मुस्ताङका लोमानथाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को अवधिमा वन्यजन्तुको आक्रमणबाट १०५ वटा पशुधन क्षति भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय लोमानथाङका प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ वटा घोडा, २१ वटा भेडा र ५ वटा याक रहेका छन्। यी पशुधनमा मुख्यतः हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट क्षति पुगेको हो।
पशुधन क्षतिबाट प्रभावित २८ घरधुरी कृषकलाई क्षतिपूर्ति स्वरूप जम्मा १५ लाख रुपैयाँ राहत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिएको पौडेलले जानकारी दिए।


