Saturday, November 7, 2026
Homeसामाचारमुस्ताङमा कडाकेको चिसो : तापक्रम माइनस २० डिग्रीमा झर्दा खोला–नदीनाला जम्न थाले

मुस्ताङमा कडाकेको चिसो : तापक्रम माइनस २० डिग्रीमा झर्दा खोला–नदीनाला जम्न थाले

मुस्ताङ । चिसो बढ्दै जाँदा मुस्ताङमा बिहान र बेलुकीको समयमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेको छ। अत्यधिक चिसोका कारण खोलानालाको पानी जम्न थालेको छ।

माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा रहेको ठिङ्गर खोला चिसोले बरफ बनेर जमेको छ। हिउँदयामको तीव्र चिसोका कारण नदीनाला, सिँचाइ कुलो र धाराहरू समेत जम्न थालेपछि स्थानीयवासीको दैनिकी प्रभावित भएको छ।

चिसोका कारण पानीको अभाव, पशुपालन र दैनिक कामकाजमा कठिनाइ बढ्दै गएको स्थानीयले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका