Thursday, December 11, 2025
Homeराजनीतिमुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै’

मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै’

जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। सर्वोच्च अदालतको निर्देशन अनुसार उनले दिउँसो विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी गरेका हुन्।

मुख्यमन्त्री यादवका अनुसार अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिए पनि पत्र ढिलो प्राप्त भएकाले प्रक्रिया केही प्रभावित भएको हो। पत्र प्राप्त भएपछि प्रदेश सभालाई जानकारी गराउने, दर्ता प्रक्रियालगायतका आवश्यक कागजी कार्य पूरा गर्न समय लागेको उनले बताए।

यादवले पत्र प्राप्त भएको क्षणदेखि २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज नै मत लिन कार्यसूची अघि बढाइने जानकारी दिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका