Thursday, October 29, 2026
Homeमनोरन्जन‘मारवलस मी’ को दोस्रो सिजन हुने

‘मारवलस मी’ को दोस्रो सिजन हुने

फेसन स्टाइलिस्ट सोन्या गुरुङको ‘मारवलस मी’ को दोस्रो सिजन बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजना हुने भएको छ । प्रतिस्पर्धीहरुलाई खुल्ला रुपले समावेश गरिने यो सोमा रङ, लिङ्ग, जात, हाइट, तौलको मूल्याङ्कनमा नभई व्यक्ति विशेषमा रहेको विशेषताको आधारमा छनोट गरिने आयोजकले जनाएको छ ।

हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ । यो प्रतियोगिताबाट उनीहरुका लुकेका प्रतिभालाई विशेष रुपले दर्शकमाझ प्रस्तुत गर्ने तयारी गरेको मार्वलस मी कार्यक्रम संयोजक सिइओ फेसन स्टाइलिस्ट सोन्या गुरुङले बताइन् । मारवलस मी (राम्रो म) भन्ने अर्थमा बुझिन्छ ।

कार्यक्रममा सबै प्रतिस्पर्धीहरुलाई २० दिनको प्रशिक्षणमा विभिन्न किसिमको क्रियाकलाप गराई उनीहरु भित्र लुकेका प्रतिभाको खोजी गर्ने गरिन्छ  । कार्यक्रमको निर्णायक समितिमा एम्पायर हाकिम (सुरेन्द्र) गुरुङ लगायतको समिति रहेको छ भने सो कार्यक्रमलाई पूर्ण व्यवस्थित गर्नका लागि नेपाल सरकारको कोभिड–१९ को मापदण्ड पालना गर्ने गरी ५१ सदस्य समिति गठन गर्ने गरि कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका