Monday, February 17, 2025
Homeमुख्य समाचारमाओवादीले ओली सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

माओवादीले ओली सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘सरकारलाई समर्थन नरहेको जानकारी गराउँदैछौ । किनभने केपी ओलीको असंवैधानिक ढंगको संसद विघटनको विरुद्धमा हामी थियौँ र केपी ओलीलाई तात्कालिन नेकपाको अध्यक्ष र नेकपाको पार्टी सदस्यबाट निष्कासन गरिएको थियो’, पोखरेलले भने, ‘त्यतिबेलै दुई तिहाइ भन्दा बढी केन्द्रीय समिति सदस्यले ओलीको पार्टी मान्य नभएको र आधिकारिक पार्टी प्रचण्ड माधवले नेतृत्व गरेको पार्टी हो भनेर निर्वाचन आयोगमा भनिसकेका छौ ।’ संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली पत्र बुझाउन संसद सचिवालय जाने भएपनि समय यकिन भइनसकेको पोखरेलले ​जानकारी दिए । ‘आज पत्र बुझाउने पक्का हो तर समय तय भैसकेको छैन, सायद ११ बजेतिर हुनसक्छ’ उनको भनाइ छ ।

रातोपातीबाट साभार
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका