विराटनगर : मध्यरातमा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा विराटनगरबाट एक युवा पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतोलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार महतोले राति ११:४५ बजेतिर अर्काको घरमा पसेर महिलामाथि दुव्र्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुव्र्यवहार गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।


