Monday, February 17, 2025
Homeराजनीतिमहान्यायाधिवक्ता खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २० बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्। महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका