Sunday, November 8, 2026
Homeसामाचारमन्त्री घिसिङद्वारा वीपी राजमार्ग अवलोकन, पुनर्निर्माण छिट्टै सुरु हुने घोषणा

मन्त्री घिसिङद्वारा वीपी राजमार्ग अवलोकन, पुनर्निर्माण छिट्टै सुरु हुने घोषणा

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले दशैंको नवमीका दिन वीपी राजमार्गको निरीक्षण गर्दै पुनर्निर्माणका कामलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चाडपर्वमा यात्रुले भोग्नुपरेका समस्या, ट्राफिक व्यवस्थापन र गत वर्षको बाढीले क्षतिग्रस्त बनाएको सडक खण्डको पुनर्निर्माण अवस्थाबारे बुझ्न उनी सडक विभागका महानिर्देशक र सम्बन्धित अधिकारीहरूसहित फिल्डमा खटिएका थिए।

पूर्वी नेपाल र तराईलाई राजधानीसँग जोड्ने १६० किलोमिटर लम्बाइको वीपी राजमार्ग जापान सरकारको सहयोगमा बनेको हो। गत असोजमा आएको बाढीले ३०.५ किलोमिटर खण्ड क्षतिग्रस्त बनाएको थियो। हालसम्म २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भइसकेको र बाँकी भाग जाइकाको अनुदान सहयोगमा निर्माण गरिने मन्त्रीले जानकारी दिए।

“नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ। जाइकाको सहयोगमा बन्ने २.५ किलोमिटर खण्डको टेन्डर प्रक्रियामा छ। दशैं–तिहारपछि कामलाई तीव्र गतिमा अघि बढाइनेछ,” मन्त्री घिसिङले भने।

दशैंपछि बाहिरी जिल्लाबाट काठमाडौं फर्कने सवारीसाधनको चापलाई ध्यानमा राख्दै उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइएको उनले बताए। साथै आगामी असोज १७, १८ र १९ गते भारी वर्षाको पूर्वानुमान भएकाले बीपी राजमार्ग, नारायणगढ–मुग्लिन र नारायणगढ–बुटवल सडक खण्डमा सतर्क रहन चालक र यात्रुलाई आग्रह गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका