Sunday, April 26, 2026
Homeसामाचारमनोहरा किनारमा आज डोजर, अतिक्रमित बस्ती हटाउन सुरक्षा कडा

मनोहरा किनारमा आज डोजर, अतिक्रमित बस्ती हटाउन सुरक्षा कडा

काठमाडौँ । भक्तपुरस्थित मनोहरा नदी किनार क्षेत्रमा रहेका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती हटाउन आज डोजर चलाइने भएको छ। सो क्षेत्र खाली गराउने तयारीसँगै बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए। डोजरसहितको टोलीले गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरा नदी किनार पुगेको थियो।

मनोहरामा डोजरमाथि भएको आक्रमणमा केही प्रहरीसमेत घाइते भएका थिए। स्थानीयको प्रतिकारपछि टोली फर्किएको थियो भने आज पुनः उक्त क्षेत्र खाली गर्ने सरकारको तयारी रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका