काठमाडौं। मनाङ प्रदेशसभाको आगामी उपनिर्वाचन स्थगित गरिएको छ। निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै कात्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचन अर्को सूचना नहुँदासम्म स्थगित भएको जानकारी दिएको छ।
निर्वाचन स्थगित गर्नुपर्ने निर्णय सरकार र निर्वाचन आयोगबीचको छलफलपछि गरिएको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, हालको परिस्थितिमा उपनिर्वाचन कार्यतालिका प्रभावित भएकोले यो निर्णय लिइएको हो।
विशेषगरी, जेन जी आन्दोलनपछि उत्पन्न राजनीतिक तथा प्रशासनिक अवस्थाले उपनिर्वाचन सञ्चालनमा चुनौती सिर्जना गरेको बताइएको छ।



