Sunday, November 8, 2026
Homeसामाचारमनसुन सक्रिय, कोशी–सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, कोशी–सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ, १३ भदौः बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकमा मनसुन सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमै अवस्थित छ ।

आज दिउँसो देशभर बदली रहनेछ भने सबै प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भने भारी वर्षा हुने अनुमान गरिएको छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, साना–ठूला नदी–नालामा पानीको सतह उक्लन सक्ने तथा यातायात प्रभावित हुनसक्ने भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका