Sunday, May 17, 2026
Homeराजनीतिमदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक : माधव नेपाल

मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक : माधव नेपाल

काठमाडौँ । माधव कुमार नेपाल ले जननेता मदनकुमार भण्डारीजीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनका दुई महत्वपूर्ण व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

नेपालले मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक र सिद्धान्तकारका रूपमा स्मरण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गरेका छन्।

विश्वव्यापी रूपमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको समयमा मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

त्यस्तै उनले जीवराज आश्रितले पार्टीको विधि, पद्धति र संगठन निर्माणमा खेलेको योगदानलाई पनि विशेष रूपमा स्मरण गरेका छन्।

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक चुनौतीबारे उल्लेख गर्दै दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवादविरुद्धको संघर्ष जारी रहने बताएका छन्।

उनले जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका