Wednesday, March 19, 2025
Homeमुख्य समाचारमंगलबार पनि पुरानै इजलास कायम

मंगलबार पनि पुरानै इजलास कायम

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूसहित न्यायाधीशहरु दिपककुमार कार्की,  डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

पछिल्लो प्रतिनिधिसभा विघटनको मुद्दाको प्रारम्भिक दुई दिन यिनै न्यायाधीश सम्मिलित संवैधानिक इजलासले सुनुवाई गरिरहेको छ ।

इजलासमा संलग्न न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सोमबारको सुनुवाई स्थगित गरिएको थियो । अरु दुई न्यायाधीश केसी र श्रेष्ठले आफूहरुले सुनुवाईलाई निरन्तरता दिने बताएपछि फेरि मंगलबार पनि यही इजलास कायम भएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका