Saturday, September 5, 2026
Homeसामाचारभोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ जना अझै बेपत्ता

भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ जना अझै बेपत्ता

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका तथा प्रभावितमध्ये हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार अझै ४ हजार ८९८ जना बेपत्ता छन्।

प्रहरीका अनुसार फेला परेका १ हजार ३४४ शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। त्यस्तै, ५०१ वटा आंशिक शव तथा मानव अङ्ग फेला परेका छन्। तीमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता नेपाली नागरिकमा २ हजार ४४८ पुरुष र ४८२ महिला छन्। थप १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेका छन्।

बाढीका कारण विस्थापित ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूको आवश्यक व्यवस्थापन तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

खोज तथा उद्धारका लागि ७ हजार २१२ जना प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारीसमेत बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए नमुना सङ्कलनलाई पनि तीव्रता दिइएको छ।

हालसम्म १ हजार २६० मृतक तथा ९७२ जना मृतकका आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरणसमेत प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। शव तथा मानव अङ्गको पहिचान प्रक्रिया र खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका