Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियभारतीय वायुसेनाको मिग-२९ विमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको मिग-२९ विमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

काठमाडौं । भारतीय वायुसेनाको मिग-२९ विमान नियमित प्रशिक्षणका क्रममा प्रणालीमा खराबीका कारण आगरा नजिक दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाले आफ्नो एक्स खाता मार्फत यो जानकारी दिएको हो।

यस दुर्घटनामा पाइलटहरु सकुशल बाँचेका छन् । विमानबाट निस्कनुअघि नै पाइलटले दुर्घटनाका कारण कुनै पनि व्यक्ति वा सम्पत्तिमा नोक्सानी नहोस् भनी सुनिश्चित गरेका थिए ।

वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका