Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियभारतमा ६७ करोड बढीले पाए कोरोनाविरुद्धको खोप

भारतमा ६७ करोड बढीले पाए कोरोनाविरुद्धको खोप

भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७.७२ करोडले लगाएका छन् ।  सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ ।

खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या ९७.४३ प्रतिशत हो ।

भारतमा अहिले पनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।  दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका