Wednesday, May 21, 2025
Homeसामाचारभारतमा कोरोना संक्रमण तीव्र, नेपालका मुख्य नाकामै लापरबाही

भारतमा कोरोना संक्रमण तीव्र, नेपालका मुख्य नाकामै लापरबाही

भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ ।

मुलुकका अधिकांश जिल्लाबाट भार त आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर छ ।

यहाँका हेल्थडेस्क औपचारिकताका लागि मात्र राखिएको आभास हुन्छ । भारतबाट आउनेमध्ये केही यात्रुको ज्वरो मापन र विवरण लिने गरिएपनि अधिकांश यात्रु परीक्षण र विवरणबिनैआउने गरेका छन् ।

भारतबाट आउनेमध्ये ७० प्रतिशतभन्दा धेरैयात्रु परीक्षण नगरी भित्रिने गरेको स्थलगत निरीक्षणबाट देखिन्छ । आवागमन संख्याको तुलनामा स्वास्थ्यकर्मी र उपकरण अत्यन्त न्यून छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका