Monday, February 17, 2025
Homeअन्तराष्ट्रियभारतमा कोरोना संक्रमण उच्च, एकैदिन थपिए २ लाख १७ हजार संक्रमित

भारतमा कोरोना संक्रमण उच्च, एकैदिन थपिए २ लाख १७ हजार संक्रमित

१ हजार १८५ को मृत्यु

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमण दर उच्च देखिएको छ । संक्रमण उच्च भएसँगै पछिल्लो २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै भारतमा हालसम्म १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २४ लाख २९ हजार निको भइसकेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१ हजार १८५ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।

कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पतालहरूमा बेड, अक्सिजन तथा औषधीको अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्नपूर्णबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका