Saturday, November 8, 2025
Homeसामाचारभारतका प्रधानमन्त्री मोदीद्वारा नेपालमा भारी वर्षापछि सहयोगको प्रतिबद्धता

भारतका प्रधानमन्त्री मोदीद्वारा नेपालमा भारी वर्षापछि सहयोगको प्रतिबद्धता

काठमाडौं — नेपालमा हालै लगातार परेको भारी वर्षाका कारण जनधनमा आएको क्षति प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सँधै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन्।

उहाँले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सन्देश दिँदै भनेका छन्, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्त दुःखद छ। यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा छौं। मित्र राष्ट्र र पहिलो प्रत्युत्तरदाताको हैसियतले भारत आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ।”

नेपालका विभिन्न भागहरूमा जारी भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउँदै मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। उद्धार र राहतकार्य जारी रहँदा भारतले छिमेकीको हैसियतले सहयोगको प्रस्ताव पुनः अघि सारेको हो।

यसअघि पनि भारतले नेपालमा विभिन्न विपद्का बेला उद्धार, राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेलेको उल्लेख छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका