Sunday, June 28, 2026
Homeसामाचारबिमस्टेक महासचिव पाण्डेसँग परराष्ट्रमन्त्री डा. आरजु राणाको भेट

बिमस्टेक महासचिव पाण्डेसँग परराष्ट्रमन्त्री डा. आरजु राणाको भेट

काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेटवार्ता गरेका छन्।

छैठौँ बिमस्टेक शिखर सम्मेलनका लागि थाइल्याण्डको राजधानी बैंककमा रहेका मन्त्री डा. राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता भएको हो। सो अवसरमा मन्त्री डा. राणाले क्षेत्रीय शान्ति, स्थायित्व र एकताका लागि बिमस्टेकको भूमिकालाई नेपालले महत्व दिएको उल्लेख गर्दै, यस क्षेत्रको साझा समृद्धिका लागि संगठनको सिद्धान्त तथा उद्देश्यप्रति नेपाल दृढ रहेको बताइन्।

उहाँले आसन्न शिखर सम्मेलनले क्षेत्रीय समस्याको दिगो समाधानका लागि महत्वपूर्ण विकल्प प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन्। साथै, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, ऊर्जा संकट, गरिबी, मानव तस्करी र आतंकवादजस्ता साझा चुनौतीहरूको समाधानका लागि बिमस्टेकले प्रभावकारी सामूहिक सहकार्यको मोडल अघि बढाउनुपर्ने सुझाव दिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका