सुर्खेत । सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै नेकपा एमाले का केही नेताहरूमा असन्तुष्टि देखिएको छ।
सरकारको निर्णय सार्वजनिक भएसँगै लक्ष्मीप्रसाद पोखरेल ले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्। उनी केपी शर्मा ओली निकट सांसदका रूपमा चिनिन्छन्।
पोखरेलले मन्त्रिपरिषद्को निर्णयलाई खेदजनक र अस्वीकार्य भन्दै टिप्पणी गरेका छन्। उनका अनुसार उक्त निर्णय ‘उत्ताउलो र गुण्डागर्दी शैली’मा गरिएको छ।
आयोगको सिफारिस कार्यान्वयन भएमा एमाले अध्यक्ष ओली कारबाहीमा पर्न सक्ने आशंकाका बीच उनले सरकारको निर्णयको विरोध गरेका हुन्।


