Sunday, May 10, 2026
Homeसामाचारबालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी, नागरिकता विवरणमा फरक परेको आरोप

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी, नागरिकता विवरणमा फरक परेको आरोप

काठमाडौं । बालेन शाह विरुद्ध गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ। उजुरी युवराज पौडेल सफलले दायर गरेका हुन्। उजुरीमा शाहले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाइएको छ।

उजुरीकर्ताले शाहले नागरिकता ऐन, २०६३ विपरीत कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरेका छन्। निवेदन अनुसार २०६३ साल पुस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा उनको थर ‘साह’ उल्लेख गरिएको थियो। तर २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको दाबी उजुरीमा गरिएको छ।

उजुरीमा नागरिकता ऐन, २०६३ को दफा १२ उल्लेख गर्दै झूटो विवरणका आधारमा नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था रहेको जिकिर गरिएको छ।

निवेदनमा सम्बन्धित कागजातहरूको अनुसन्धान गरी कानुन बमोजिम नागरिकता खारेज गर्न तथा दोषी ठहर भएमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।

यस विषयमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका