काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरमा चोरीको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
शुक्रबार राति अज्ञात समूहले घरको मुख्य गेटमा रहेको ग्रिल फुटाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। गेटमा तोडफोड देखिएपछि चोरीको प्रयास हुनसक्ने आशंकामा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।
घटनाका बेला बालेन घरमा थिएनन्। उनी शुक्रबार मात्र कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन्। यसअघि उनी सुदूरपश्चिम प्रदेशमा रहेका थिए।
घरभित्र को–को थिए, कुनै सामान चोरी भयो वा भएन भन्ने विषयमा प्रहरीले बुझ्ने काम गरिरहेको जनाएको छ। घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ।


