Wednesday, October 28, 2026
Homeराजनीतिबालुवाटारमा लामिछाने–कार्की भेट: निर्वाचन सफलतामा बधाई, देशका चुनौती मिलेर सामना गर्न आह्वान

बालुवाटारमा लामिछाने–कार्की भेट: निर्वाचन सफलतामा बधाई, देशका चुनौती मिलेर सामना गर्न आह्वान

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्की बीच बालुवाटारमा भेटवार्ता भएको छ।

भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक उपलब्धि भन्दै बधाई ज्ञापन गरे। उनले समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले लोकतान्त्रिक र शान्तिपूर्ण निकास पाएको उल्लेख गरे।

‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यस सफलताका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ उनले भने।

त्यसैगरी, प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताप्रति बधाई दिँदै देशको अपेक्षा पूरा गर्न एकताबद्ध भएर काम गर्न सुझाव दिइन्। उनले युवापुस्तामाथि ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै संयमता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरिन्।

‘अहिले देश रोएको छ। तपाईँ युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका