Wednesday, September 9, 2026
Homeसामाचारबाढी र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बाढी र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुलाई सतर्कता अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

काठमाडौं–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२, चिसापानीमा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। प्रहरीले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ।

यसैगरी, शिवपुरी गाउँपालिका–८ अन्तर्गत टोखा–छहरे सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न नदिइने प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० को ज्वाङखोलामा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ। त्यस्तै, गजुरी गाउँपालिका–२, चालिसे सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले यात्रुले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका