Saturday, September 5, 2026
Homeसामाचारबाढी प्रभावितको आवतजावत सहज बनाउन काठमाडौं महानगरले नुवाकोट पठायो दुई गाडी

बाढी प्रभावितको आवतजावत सहज बनाउन काठमाडौं महानगरले नुवाकोट पठायो दुई गाडी

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकको आवतजावत सहज बनाउन काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरेको छ।

महानगरपालिकाका अनुसार आइतबार बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा सवारीसाधन महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन्।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै उनीहरूको सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले टोली परिचालन गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले प्रभावित नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानमा पुग्न सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका