Saturday, September 5, 2026
Homeसामाचारबाढी प्रभावितका लागि औषधि आयातकर्ता सङ्घद्वारा ३ करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितका लागि औषधि आयातकर्ता सङ्घद्वारा ३ करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाल औषधि आयातकर्ता सङ्घले भोटेकोशी र रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सङ्घले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई राहत तथा उद्धारका लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। मन्त्रालयको माग तथा सूचीअनुसार हस्तान्तरण गरिएका सामग्रीमा कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टीरेबिज भ्याक्सिन र प्यारासिटामोल इन्जेक्सनलगायत अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री रहेका छन्।

बाढीका कारण घाइते तथा प्रभावित नागरिकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विपद्को कठिन परिस्थितिमा उक्त सहयोग उपलब्ध गराइएको सङ्घले जनाएको छ।

मन्त्रालयको समन्वयमा सहयोगस्वरूप प्राप्त औषधि तथा स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्र र स्थानीय स्वास्थ्य संस्थाहरूमा प्रभावकारी रूपमा वितरण गरिने अपेक्षा गरिएको छ।

सङ्घका अध्यक्ष पवनकुमार आचार्य र महासचिव मधु पौडेलद्वारा जारी पत्रमा आगामी दिनमा पनि आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सामग्रीको सहज आपूर्ति र निरन्तर सहकार्यका लागि सङ्घ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका