Sunday, November 8, 2026
Homeसामाचारबाढी पीडितको तत्काल उद्धार र राहतमा जोड दिँदै प्रचण्डको अपिल: “सरकारले सबै...

बाढी पीडितको तत्काल उद्धार र राहतमा जोड दिँदै प्रचण्डको अपिल: “सरकारले सबै संयन्त्र तुरुन्त परिचालन गरोस्”

काठमाडौँ, २४ असार: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार र राहत सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा अध्यक्ष दाहालले नेपाल–चीन जोड्ने मितेरी पुललगायत महत्वपूर्ण संरचनामा परेको क्षतिको गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “प्राकृतिक विपद्को यस विषम घडीमा सरकारले सबै संयन्त्रलाई तुरुन्त र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु।”

पार्टी कार्यकर्तालाई सक्रियताकाे निर्देशन
अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण तहका नेता र कार्यकर्ताहरूलाई उद्धार तथा राहत कार्यमा सकृय रूपमा सहभागी हुन स्पष्ट निर्देशन दिएका छन्। साथै, मौसमविद्हरूले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान प्रस्तुत गरिरहेको अवस्थामा, सरकारले उच्च सतर्कता अपनाउनुपर्ने र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने कुरामा पनि उनले जोड दिएका छन्।

सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आह्वान
अध्यक्ष दाहालले भनेका छन्, “म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकहरूलाई यो संकटको घडीमा एकजुट भई कार्य गर्न अपिल गर्दछु।” उनले विपद्को सामना गर्न समन्वयात्मक प्रयास र साझा जिम्मेवारी आवश्यक रहेको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका