Saturday, November 7, 2026
Homeसामाचारबाजुरामा आगलागी पीडित प्रकाश थापालाई उद्योग वाणिज्य संघद्वारा आर्थिक सहयोग

बाजुरामा आगलागी पीडित प्रकाश थापालाई उद्योग वाणिज्य संघद्वारा आर्थिक सहयोग

बाजुरा — उद्योग वाणिज्य संघ बाजुराले आगलागी पीडित व्यवसायी प्रकाश थापालाई आर्थिक सहयोग प्रदान गरेको छ। आगलागीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै संघले राहतस्वरूप सहयोग संकलन गरी ५१ हजार ६ सय ७० रुपैयाँ हस्तान्तरण गरेको हो।

संघका अध्यक्ष देवबहादुर रोकायाका अनुसार संकलित रकम थापाको आगलागी भएको पसलमै पुगेर हस्तान्तरण गरिएको हो। संघले व्यवसायीहरूबाट सानो–ठूलो सहयोग संकलन गर्दै कठिन परिस्थितिमा केही राहत मिलोस् भन्ने उद्देश्यका साथ पहल गरेको बताइएको छ।

मंसिर १७ गते दिउँसो सदरमुकाम मार्तडीका सफल व्यवसायी प्रकाश थापाको न्यू सागर ग्यारेज, ग्रील तथा फर्निचर उद्योग र कम्पेलेक्स डिपार्टमेन्टल स्टोर मा अचानक आगलागी भएको थियो। विद्युत् तार सर्ट भई सुरु भएको आगलागीले ग्यारेज, फर्निचर उद्योग तथा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका थिए।

बडीमालिका नगरपालिका–८, नयाँ बसपार्क जाने मार्गस्थित थापाको उद्योग तथा पसलमा भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका