बंगलादेशमा रहेका नेपालीहरुले कोरोनाविरुद्ध लड्नका लागि नेपाललाई स्वास्थ उपकरणहरु सहयोग गरेका छन् । उनीहरुले बंगलादेशका लागि नेपाली राजदूत डाक्टर वंसिधर मिश्रमार्फत यो सहयोग हस्तान्तरण गरेका हुन् ।
१० वटा अक्सिजन कन्सेन्ट्रटेर्स, १० वटा अक्सिजन थेरापी सेट, ५ वटा सिपिएसीलगायतका उपकरण हस्तान्तरण गरिएको हो । ढाका बस्ने नेपाली समुदायका तर्फबाट बोल्दै टिका लिम्बुले कोभिड १९ बाट नेपालीहरु संक्रमित भइरहेका बेला सहयोग गर्न पाउँदा सन्तुष्टी मिलेको बताए । प्रवासी नेपालीहरुका तर्फबाट आगामी दिनमा पनि निरन्तर सहयोग हुने उनले बताए ।