६६ औं फिल्मफेयर अवार्डमा दिवंगत अभिनेता इरफान खानले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । उनले ‘अंग्रेजी मिडियम’का लागि बलिउडको यो पुरस्कार पाएका हुन् । यो विधामा उनीसँगै अमिताभ बच्चन, अजय देवगन, आयुश्मान खुराना, राजकुमार राव र सुशान्तसिंह राजपुत मनोनित थिए ।
यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘थप्पड’का लागि तापसी पनुले प्राप्त गरिन् । यो अवार्डका लागि दीपिका पादुकोण, कंगना रनावत, जाहन्वी कपुर र विद्या वालान पनि मनोनित थिए ।
उत्कृष्ट फिल्म ‘थप्पड’ घोषित भयो भने निर्देशकको अवार्ड ‘तानाजी’ का लागि ओम राउतले प्राप्त गरे । सैफ अलि खानले ‘तानाजी’का लागि सहअभिनेता र फारुख जफरले ‘गुलाबो सिताबो’का लागि सहअभिनेत्रीको अवार्ड पाए । क्रिटिक्स अवार्डतर्फ भने ‘इब आले उ’ फिल्म, अमिताभ बच्चन (गुलाबो सिताबो) अभिनेता र तिलोत्तमा सोम (सर) उत्कृष्ट घोषित भए । लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि इरफान खानलाई नै प्रदान गरियो ।
विजेताहरुको पूरा सूची :
उत्कृष्ट फिल्म : ‘थप्पड’
उत्कृष्ट निर्देशक : ओम राउत, ‘तानाजी’
उत्कृष्ट अभिनेता : इरफान खान, ‘अंग्रेजी मिडियम’
उत्कृष्ट अभिनेत्री : तापसी पन्नु, ‘थप्पड’
उत्कृष्ट साहयक अभिनेता : सैफअली खान, ‘तानाजी’
उत्कृष्ट साहयक अभिनेत्री : फरोक जफार, ‘गुलाबो सिताबो’
फिल्म(क्रिटिक्स) : प्रतीक वत्स, ‘ईब आले उ’
उत्कृष्ट अभिनेता (क्रिटक्स) : अमिताभ बच्चन, ‘गुलाबो सिताबो’
उत्कृष्ट अभिनेत्री(क्रटिक्स) : तिलोत्तमा सोम, ‘इज लभ इनफ सर’
उत्कृष्ट कथा : अनुभव सुशीला सिन्हा, मृणमयी लागू वेकुल (थप्पड)
उत्कृष्ट पटकथा : रोहेना गेरा, ‘इज लभ इनफ सर’
उत्कृष्ट संवाद : जुही चतुर्वेदी, ‘गुलाबो सिताबो’
उत्कृष्ट डेब्यु निर्देशक : राजेश कृषण, ‘लुटकेस’
उत्कृष्ट डेब्यु कलाकार : अलाया एफ, ‘जवानी जानेमन’
उत्कृष्ट म्युजिक एल्बम : प्रितम, ‘लुडो’
उत्कृष्ट शब्द : गुल्जार, ‘छपाक’
उत्कृष्ट पार्श्व गायक : राघव चैतन्य (थप्पड)
उत्कृष्ट पार्श्व गायिका : अशिष कौर (मलङ)
दीर्घ साधना सम्मान : इरफान खान
उत्कृष्ट एक्सन : तानाजी
उत्कृष्ट पार्श्व ध्वनी : थप्पड
उत्कृष्ट सिनिमेटोग्राफी : अभिक मुखोपध्याय, ‘गुलाबो सिताबो’
उत्कृष्ट कोरियोग्राफी : फराह खान, दिल बेचारा (दिल बेचारा)
उत्कृष्ट कस्ट्युम डिजाइन : गुलाबो सिताबो
उत्कृष्ट सम्पादन : थप्पड
उत्कृष्ट प्रडक्सन डिजाइन : गुलाबो सिताबो
उत्कृष्ट साउन्ड डिजाइन : थप्पड
उत्कृष्ट भिएफएक्स : तानाजी
कान्तिपुरबाट साभार