Tuesday, May 19, 2026
Homeराजनीतिप्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध १६ उजुरी

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध १६ उजुरी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्।

समिति सचिवालयका अनुसार प्राप्त उजुरीहरू मंगलबार बस्ने समितिको बैठकमा खोलिने तयारी गरिएको छ। उजुरी सार्वजनिक भएपछि समितिले त्यसबारे आवश्यक अध्ययन र छानबिन प्रक्रिया अघि बढाउनेछ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सर्वसाधारणबाट उजुरी माग गर्ने निर्णय गरेको थियो। समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेकोमा सोही अवधिभित्र १६ वटा उजुरी परेको जनाएको छ।

समितिले उजुरीकर्तासँग छलफल तथा आवश्यक सोधपुछ गरेपछि मात्र डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका