Tuesday, October 27, 2026
Homeराजनीतिप्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय समितिमा सात उजुरी

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय समितिमा सात उजुरी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी दर्ता भएका छन्।

संघीय संसद् सचिवालय का प्रवक्ता एवं सहसचिव एकराम गिरी का अनुसार शनिबार साँझसम्म शर्माविरुद्ध ती उजुरी परेका हुन्।

यसअघि गत वैशाख २६ गते संसदीय सुनुवाइ समिति ले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न अनुपयुक्त ठानेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन १० दिनको समयसीमा तोकेर सार्वजनिक आह्वान गरेको थियो।

समितिले उजुरीकर्ताको गोपनीयता सुरक्षित रहने जनाएको छ। साथै उजुरीमा नाम, थर, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो।

उजुरी दर्ताको समयसीमा सोमबार कार्यालय समयसम्म कायम रहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने सचिवालयले जनाएको छ।

संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद् को सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण, क्षमता र पृष्ठभूमिको परीक्षण गर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका