Saturday, November 7, 2026
Homeसामाचारप्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पक्राउ गरेको छ। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

यसअघि कार्तिक २२ गते सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा फाइल, आन्तरिक पत्राचार तथा कर्जा स्वीकृतिसम्बन्धी महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक छानबिनमा कर्जा स्वीकृति प्रक्रियामा तत्कालीन अध्यक्ष भट्टचनसहित उच्च व्यवस्थापन तहबाट अनियमितता भएको शंका थप गहिरिँदै गएपछि सीआईबीले अनुसन्धानलाई विस्तार गरेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका