Saturday, November 7, 2026
Homeसामाचारप्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्यमा छलफल

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्यमा छलफल

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग आज नर्वेका राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भेटमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा राजदूत मियोसले नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएकोमा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु परिवर्तन, दिगो विकासलगायत क्षेत्रमा नर्वेले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यो सहकार्य जारी रहने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारको नेतृत्वमा आउनु परेको भए पनि देश क्रमशः सामान्य अवस्थामा फर्कँदै निर्वाचनतर्फ अग्रसर भएको बताइन्। साथै नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनप्रति धन्यवाद व्यक्त गरिन्।

प्रधानमन्त्री कार्की र राजदूत मियोसबीचको यो पहिलो औपचारिक भेट हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका