Saturday, November 7, 2026
Homeसामाचारप्रधानमन्त्री कार्कीसहित १० जना मन्त्रीले सम्पत्ति विवरण बुझाए

प्रधानमन्त्री कार्कीसहित १० जना मन्त्रीले सम्पत्ति विवरण बुझाए

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन्।

कार्यालयका अनुसार सम्पत्ति विवरण बुझाउनेमध्ये परराष्ट्र, रक्षा, खानेपानी, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति–पर्यटन तथा नागरिक उड्डयन, श्रम–रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरू छन्।

यसबाहेक अर्थ तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा–जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पनि विवरण बुझाएका छन्।

त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग–वाणिज्य तथा आपूर्ति, कानुन–न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा–विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी मन्त्री सुधा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण पनि प्राप्त भएको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका