Saturday, November 7, 2026
Homeसामाचारप्रधानमन्त्री कार्कीद्वारा निर्वाचन तयारीबारे आयोगसँग छलफल

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन तयारीबारे आयोगसँग छलफल

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र हालसम्मको कार्य प्रगतिबारे निर्वाचन आयोगसँग जानकारी लिएकी छन्। यस क्रममा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका विषयमा पनि छलफल भएको छ।

बालुवाटारमा सम्पन्न छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन तथा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति रहेको थियो।

निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तद्वय जानकी तुलाधर र सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउत तथा अन्य वरिष्ठ अधिकारीहरू छलफलमा सहभागी थिए।

छलफलमा निर्वाचनको समग्र तयारी, व्यवस्थापन र निष्पक्ष तथा स्वच्छ निर्वाचन सुनिश्चित गर्ने विषयमा विचार–विमर्श भएको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका