Monday, February 17, 2025
Homeराजनीतिप्रधानमन्त्री ओलीको निमन्त्रणा प्रचण्डद्वारा अस्वीकार

प्रधानमन्त्री ओलीको निमन्त्रणा प्रचण्डद्वारा अस्वीकार

काठमाडौं । विवाद र उल्झनमा अघि बढिरहेको मुलुकको राजनीति संवाद र छलफललाई पनि अस्वीकार गरेको छैन । लामो समय संवादहिनताको अवस्थालाई सोमबार प्रधानमन्त्री ओलीले माधवकुमार नेपालसँग सँगै बसेर छलफल गरे । साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि प्रधानमन्त्री ओलीले फोन गरे ।

सोमबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए । करिब अढाइ महिनापछि ओली र प्रचण्डबीच फोन वार्ता भएको हो । यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डलाई टेलिफोन गरेका थिए । त्यसयता छलफलमा बस्ने त परको कुरा दुई शीर्ष नेताबीच फोन संवाद पनि भए । बरु एकअर्काविरुद्ध आक्रमक अभिव्यक्ति दिइरहे ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नै ओली र प्रचण्डको बाटो छुट्याइदिइसकेको छ । अर्थात अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएर ओली र प्रचण्डलाई फरक फरक दलको नेतृत्व दिएको छ । यसपछि प्रचण्ड समूहबाट नेता नेपाल, झलनाथ खनालसहितका एमालेका नेताहरु आफ्नै पार्टीमा फर्किए ।

संसद् पुनर्स्थापनसँगै नयाँ सरकार गठनले राजनीतिक बजार तताएको छ । दलीय समीकरण बनाउन नेताहरु क्रियाशील छन् । प्रधानमन्त्री ओली आफ्नै पार्टीभित्र दबाबमा परेका छन् ।

यही बेला सोमबार प्रधानमन्त्री ओलीले फोन गरेर प्रचण्डलाई बालुवाटार बोलाएका थिए । अढाइ महिनापछि भएको फोन संवादका क्रममा प्रधानमन्त्री ओलीले केही विषयमा कुरा गर्नु छ भन्दै प्रचण्डलाई बालुवाटार बोलाए । तर, प्रचण्डले बालुवाटार जान इन्कार गरिदिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

उनकाअनुसार अहिले पार्टीको बैठक चलेको र छलफलका लागि पनि महत्वपूर्ण विषय नरहेकाले बालुवाटार अहिले नआउने प्रचण्डले ओलीलाई जवाफ दिएका हुन् । प्रचण्ड अन्तिमपटक प्रतिनिधि सभा विघटन भएको दिन गत पुस ५ गते बालुवाटार गएका थिए ।

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका