Saturday, November 8, 2025
Homeसामाचारप्रधानमन्त्रीद्वारा सांघाइ शिखर सम्मेलनलाई सम्बोधन

प्रधानमन्त्रीद्वारा सांघाइ शिखर सम्मेलनलाई सम्बोधन

थियानजिन (चीन) — प्रधानमन्त्री केपी शर्मा ओलीले आज थियानजिनमा जारी सांघाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। उनले आफ्नो भाषणमा मुलुकको हितसँग सम्बन्धित विषय, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मामिलामा विचार व्यक्त गरे।

चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूले सम्बोधन गरेका छन्।

चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीन भ्रमणमा छन्। भ्रमणको क्रममा उनी विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता पनि गर्दै आएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका