Saturday, December 14, 2024
Homeमुख्य समाचारप्रधानन्यायाधीश राणा अस्वस्थ, संवैधानिक इजालास बुधबार मात्रै

प्रधानन्यायाधीश राणा अस्वस्थ, संवैधानिक इजालास बुधबार मात्रै

काठमाडौं:  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको स्वास्थ्य ठीक नभएकोले सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीशको स्वास्थ्यका कारण सोमबार बस्‍ने संवैधानिक इजलास स्थगित भएको जानकारी सर्वोच्च प्रशासनले दिएको छ। अब बुधबार इजलास बस्‍ने भएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्। आइतबारको सुनुवाइमा  सरकारी पक्षका अधिवक्ताले न्यायाधीश कार्की र भट्टराईबारे प्रश्न गरेपछि विवादमै इजलास सकिएको थियो र विषयमा प्रवेश गर्न पाएको थिएन।

यसअघि गठन भएको संवैधानिक इजलासमा बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे रिट निवेदक अधिवक्ताले प्रश्न उठाएपछि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका