Saturday, November 7, 2026
Homeसामाचारप्रधानन्यायाधीश राउतद्वारा अभियोजन सुधारमा महान्यायाधिवक्ता कार्यालयको योगदानको प्रशंसा

प्रधानन्यायाधीश राउतद्वारा अभियोजन सुधारमा महान्यायाधिवक्ता कार्यालयको योगदानको प्रशंसा

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीमा सुधार गर्दै आएको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अनुसन्धान र अभियोजन अझ वैज्ञानिक र प्रभावकारी ढङ्गले गर्नुपर्नेमा जोड दिए।

प्रधानन्यायाधीश राउतले न्याय केवल आदेश र फैसलामा मात्र नभई यसको कार्यान्वयनमा सहज पहुँच सुनिश्चित गर्दा अभियोजनमा सुधार आउने बताए। उनले अनुसन्धान सुसूक्ष्म, गहिरो र प्रभावकारी नभए न्याय ठिक ठाउँमा पुग्न नसक्ने पनि औंल्याए।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पनि विधि र प्रक्रियाअनुसार अनुसन्धान गर्ने मात्र सफल अभियोजन सम्भव हुने बताएका छन्। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले जनतालाई न्यायको केन्द्रमा राख्दै फौजदारी अभियोजन सुधार गर्नुपर्ने र डिजिटल प्रविधि प्रयोगमार्फत अपराध न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिइन्।

महान्यायाधिवक्ता सविता बरालले सात दशकदेखि कार्यालयले न्याय प्रणाली सुधार गर्दै आएको बताइन् भने नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले महान्यायाधिवक्ता कार्यालय र प्रहरीबीच सहकार्य प्रभावकारी रहेको उल्लेख गरे।

सो अवसरमा ‘सर्वोत्कृष्ट सरकारी वकिल’को सम्मान सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई प्रदान गरिएको थियो। १३ जना सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादन पुरस्कार पनि प्रदान गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका