Wednesday, May 20, 2026
Homeराजनीतिप्रतिनिधिसभा बैठक आज बस्दै, निर्वाचनसम्बन्धी दुई विधेयक पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, निर्वाचनसम्बन्धी दुई विधेयक पेश हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

त्यसपछि उक्त विधेयक सभामा प्रस्तुत गरिनेछ।

यसैगरी, बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गरिनेछ। अनुमति प्राप्त भएपछि सो विधेयक पनि सभामा दर्ता गरिने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका