Friday, October 30, 2026
Homeराजनीतिप्रतिनिधिसभा निर्वाचन: १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचन: १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी मतपत्र छपाइ प्रक्रियाअन्तर्गत हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भइसकेका छन्। त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेत क्षेत्र नं १ र २, रुकुमपश्चिम, बाजुरा र अछामका क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ तथा सुनसरी क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि पूरा भएको आयोगले जनाएको छ।

आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० थान छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। साथै समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइको कामसमेत सम्पन्न भइसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका