काठमाडौं । नेपाली कांग्रेस ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोलि (आइतबार) घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आइतबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा मा घोषणापत्र सार्वजनिक गरिनेछ।
कांग्रेसका प्रवक्ता देवराज चालिसे का अनुसार यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजन समेटिएको संकल्पपत्र प्रस्तुत गरिनेछ। पार्टीले घोषणापत्रमार्फत आगामी राजनीतिक, आर्थिक तथा सामाजिक विकासका प्राथमिकता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।


