Monday, January 13, 2025
Homeमुख्य समाचारप्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, नेपाल सरकारका तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

रातोपातीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका