Thursday, June 25, 2026
Homeसामाचारप्रकृति लम्सालको शव नेपाल ल्याई अन्त्येष्टि

प्रकृति लम्सालको शव नेपाल ल्याई अन्त्येष्टि

काठमाडौं: भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा गत आइतबार मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८, बैंकरोड कोलोनीमा उनको अन्त्येष्टि गरिएको हो। उनको शव हिजो राति नेपाल ल्याइएको थियो।

कलेज प्रशासनले घटनालाई आत्महत्या भन्दै दाबी गरेको छ। तर, विद्यार्थीहरूले मृत्यु शंकास्पद रहेको बताउँदै विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा कलेज प्रशासनले बल प्रयोग गरेपछि चौतर्फी आलोचना भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका