Saturday, June 27, 2026
Homeसामाचारप्यूठानका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

प्यूठानका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन भएको छ। शनिबार (असार १३) आफूले चलाइरहेको गाडी दुर्घटनामा पर्दा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बांगेसल्ला क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माका अनुसार दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रानामगर २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका